उत्तर–दक्षिण समेटेर प्रदेश : सभासदहरू

95
  •  
  •  
  •  

काठमाडौं, २५ जेठ (ओएनएस) : संविधानसभामा राजयको पुनर्संरचनाबारे बहस भइरहँदा थोरै प्रदेश बनाउनुपर्ने आवाज बलियो बन्दै गएको छ । कांगे्रस र एमालेका अधिकाशं सभासदले प्रदेश बनाउदा उत्तर दक्षिणमा आधारित संघीयता बनाउनु पर्ने धारणा राखेका छन् ।

आइतबारको संविधानसभा बैठकमा सभासदहरूले राज्यको पुनर्संरचना गर्दा कम भन्दा कम प्रदेश बनाउनुपर्ने बताएका छन् । तत्कालिन संविधानसभाको राज्य पुनर्संरचना समितिको प्रतिवेदनमाथि आइतवार नवौ दिनको छलफलमा भागलिदै सभासदहरूले आर्थिक संभाव्यतालाइ ध्यान दिएर कम प्रदेश बनाउनु पर्ने बताएका हुन् ।

नेपाली कांगे्रसका सभासद डा. कृष्णबहादुर छन्तेलले साझा पहिचानलाई आधार बनाएर संघीयतामा जानुपर्ने बताए । सैद्धान्तिक रुपमा सहमति भइसकेको पहिचानका पाँच र सामर्थका चार आधारमा प्रदेश बनाउन उपयुक्त हुने उनको सुझाव छ । छन्तेलले उत्तर–दक्षिणमा आधारित ४ देखी ६ प्रदेश बनाउन उपयुक्त हुने बताए ।

नेकपा एमालेकी ममता गिरीले बहुजातीय समाज रहेको मुलुकमा बहुपहिचानयुक्त, कमभन्दा कम प्रदेश बनाउनु पर्ने बताइन् । संविधानसभामा राज्यपुर्नसंरचना समितिको प्रतिवेदन माथीको छलफल आज सकिदैछ । गत जेठ १५ गतेदेखी सुरु भएको छलफल नवौ दिनसम्म लम्बिएको हो । छलफलमा झण्डै ३ सय ५० सभासदले भाग लिएका छन् ।


  •  
  •  
  •