काठमाडौं, २५ भदौ (ओएनएस) : संवैधानिक राजनीतिक संवाद समितिको प्रतिवेदन छपाइमा ढिला भएपछि संविधान सभाको बैठक बिहीबार बस्ने भएको छ । संविधानसभा कार्यव्यबस्था परामर्श समितिको बैठकले संविधानसभाको बैठक बिहीबार साझ ५ बजेका लागि राख्ने निर्णय गरेको हो । राजनीतिक संवाद समितिले सहमति र असहमतिको प्रतिवेदन तयार गरेपछि यसअघि अनिश्चित कालका लागि स्थगित संविधान सभा बुधबार बस्ने तयारी थियो ।
संवाद समितिको प्रतिवेदनमाथि आइतबारदेखी छलफल गर्ने संसद सचिवालयको तयारी छ ।
विपक्षी दलको बिरोधका कारण व्यबस्थापिका संसदको बैठक बुधबार लगातार तेस्रो पटक अवरुद्ध बनेको छ । प्रमुख दलहरुबीच गत बर्षको पौष ९ गते भएको चारबँुदे सहमति कार्यान्वयन गर्नुपर्ने तथा विभिन्न दलहरुबीच भएका सहमति कार्यान्वयको मागगर्दै विपक्षीले संसद अबरुद्ध गरेका हुन् । एकसाताको स्थगन पछि बुधबार बसेको बैठकको सुरुमै सभामुखसंग समय लिएर मधेशी जनअधिकार फोरम नेपालका उपेन्द्र यादवले विपक्षी दलले राखेका माग संवोधन गर्न सरकार गम्भीर नभएको भन्दै सदन चल्न नदिने बताए ।
विपक्षीको बिरोधपछि व्यबस्थापिका संसदको बैठक बिहीबार दिउसो ३ बजे सम्मका लागि स्थगित भएको छ । यसअघि दलहरुबीच सहमतिको लागि भन्दै सभामुखले एक हप्ताको लागि संसद स्थगित गरेका थिए ।