संविधानसभाको बैठक सर्‍यो, ५ बजे

111
  •  
  •  
  •  

काठमाडौ, २४ साउन(ओएनएस)  : आज १ बजे बस्ने भनिएको संविधानसभाको बैठक स्थगित गरिएको छ । उक्त बैठक साँझ ५ बजेका लागि बोलाइएको छ । यस्तै दिउँसो ३ बजेका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक साँझ ५ः३० बजेका लागि सारिएको छ ।

शनिबार प्रमुख दलका नेताहरूसहितको विषेश समितिको बैठकले प्रदेशको सीमांकनका विषय टुंग्याएपछि संवैधानिक राजनीतिक संवाद समितिलाई बुझाएको छ । आजको संविधानसभाको बैठकमा समितिले उक्त प्रस्ताव पेश गर्ने छ ।


  •  
  •  
  •