काठमाडौ, ८ माघ(ओएनएस) : निर्धारित समयभन्दा करिब ४५ मिनेट ढिलो सुरू हुने क्रममा रहेको संविधानसभाको बैठकमा विपक्षी मोर्चाका सभासद्हरुले नाराबाजी गरेका छन् ।
आज माघ ८ संविधान जारी गर्ने दिनमा पनि विपक्षी मोर्चाका सभासदहरुले संविधानसभाको बैठक अवरूद्ध गर्न नाराबाजी गरेका हुन् ।
यसअघि बुधबार ११ बजेको लागि बोलाइएको संविधानसभाको बैठक सुरु नहुँदै एमाओवादी लगायतका विपक्षी सभासदहरुलाई नारीबाजी गर्दै अवरोध गरेपछि संविधानसभाको बैठक अवरूद्ध भएको थियो । यस्तै, मंगलबारको लागि बोलाइएको संविधानसभाको बैठक सुरु नहुँदै एमाओवादी लगायतका विपक्षी सभासदहरुलाई नाराबाजी गर्दै अवरोध गरेका थिए ।
विपक्षीहरुले प्रश्नवाली समिति बनाउने प्रक्रियाको विरोधमा नाराबाजी गरेका हुन् । यसअघि सोमबार राति संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रे्स प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो । त्यसयता संविधानसभाको बैठक अबरुद्ध हुँदै आएको छ ।