विनियोजन विधेयकमाथि छलफल सुरु

361
  •  
  •  
  •  

काठमाडौं, २२ साउन (ओएनएस) ः मन्त्रिपरिषद्को बैठक मार्फत एकीकृत माओवादी लगायत मधेशवादी दलका सभासदले राखेका माग संवोधन गर्ने सरकारको प्रतिबद्धतापछि व्यवस्थापिका संसदमा विनियोजन विधेयकमाथिको छलफल सुरु भएको छ ।

सभामुखसँग समय लिएर कानून मन्त्री नरहरि आचार्यले सदनमा उठेको बिषय समुचित ढंगले सम्बोेधन गरिने प्रतिबद्धता जनाए । उनले प्रमुख प्रतिपक्षी दल र मधेशी दलको मागअनुसार मन्त्रीपरिषदको बैठकबाट निर्णय लिइने प्रतिबद्धता जनाए ।

त्यसअघि एकीकृत माओवादीका कृष्णबहादुर महराले पेश्की खर्च विधेयक पारित गर्ने क्रममा भएको सहमति कार्यान्वयन नभएको भन्दै बिनियोजन विधेयकमाथिको विधेयक रोक्ने चेतावनी दिएका थिए ।

बिहीबारको बैठकमा सूचना तथा संचार, शिक्षा र वन तथा भू–संरक्षण मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।

 


  •  
  •  
  •