संविधानसभा नियमावलीको नियम ९३ निलम्बन

146
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) :  संविधानसभा नियमावलीको नियम ९३ निलम्बन गरिएको छ ।  मधेशी दल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधका बीच बिहिबार बसेको बैठकको बहुतमले नियम निलम्बन भएको हो ।

कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले नियम निलम्बन सम्बन्धि प्रस्‍ताव पेश गरेपछि उनीहरुले विरोध गरेका थिए । श्रेष्ठ रोष्टरमा पुगेपछि सभासदले विरोध जनाएका थिए ।  उक्त नियममा विधेयकको पहिलो मस्यौदा सदस्यहरूलाई वितरण गर्ने समयावधिसम्बन्धी व्यवस्था थियो । जहाँ सात दिनको व्यवस्था थियो । निलम्बनपछि एक दिनको व्यवस्था राखिएको छ ।

नियम निलम्बन गर्न चार दल सहमत भएपछि बैठक निर्धारित समयभन्दा चार घण्टा ढिलो सुरु भएको थियो । मस्यौदामा छलफलको लागि बोलाइएको बैठक नियमावली सम्बन्धी नियम ९३ लाई निलम्बन गरि कार्यविधि छोटो बनाइसँगै बैठक बसेको थियो।

मस्यौदा अध्ययन गर्नका लागि मधेसी दल सहित राप्रपा नेपालले सात दिनकै समयको माग गरेपछि बैठक बस्न सकेको थिएन । विवादहरू सुल्झाउन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नियम नै निलम्बन गरेर अगाडी बढ्ने निर्णय गरेपछि संविधानसभाको बैठक बसेको थियो। निलम्बपछि बैठक  शुक्रबारसम्मको लागि स्थगित भएको छ ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •