विवाद सुल्झाउने जिम्मा फेरि बाबुराम भट्टराईको समितिलाई

132
  •  
  •  
  •  

काठमाडौं, २६ जेठ (ओएनएस) : पटक–पटक सहमतिविना संविधानसभामा प्रतिवेदन पठाएको बाबुराम भट्टराई नेतृत्वको संवैधानिक-राजनैतिक संवाद तथा सहमति समितिले फेरी विवाद सुल्झाउने जिम्मा पाएको छ ।

सोमबार राति भएको १६ बुँदे सहमतिपछि मंगलबार बसेको संविधानसभाको बैठकले संविधानका विवादित विषयलाई फेरि बाबुराम भट्टराई नेतृत्वको संवैधानिक-राजनैतिक संवाद तथा सहमति सहमतिमा पठाएको हो ।

सभाको मंगलबार बसेको बैठकले विवादित सबै विषयमा सहमति जुटाउन समितिलाई निर्देशन दिएको हो ।

अब समितिले विवादित विषयमा सहमति गरि संविधानसभामा प्रतिवेदन पठाउनेछ । सोमबार राति भएको सहमति पछि एमाओवादी माघ ११ पछि बैठकमा भाग लिएको थियो ।

समितिका सभापति भट्टराइले  बैठक साँझ ५ बजे बोलाइएको छ । बैठकमा सभामुख सुवास नेम्वाङले विवादित विषय संवाद समितिमा पठाउने गरेको प्रस्ताव सर्वसम्मत रुपमा पारित भएको हो ।

संविधानसभा बैठकमा तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम(नेपाल), सदभावना, संघीय सदभावना सहितका मधेसी र जनजाति दलका सभासदहरु अनुपस्थित थिए ।


  •  
  •  
  •