लगातार तेस्रो शोक प्रस्ताव पारित गर्दै संविधानसभा बैठक स्थगित

218
  •  
  •  
  •  

biccकाठमाडौ, ६ बैशाख (ओएनएस) : संविधानसभाले लगातार तेस्रो शोक प्रस्ताव पारित गरेको छ । अाइतबार बसेको बैठकले पूर्व प्रधानमन्त्री तथा संविधानसभाका तत्कालिन जेष्ठ सदस्य सूर्यबहादुर थापाको निधनमा शाेक प्रस्ताव पारित गरेको हो ।   बैठक वैशाख १० गतेसम्मका लागि स्थगित भएको छ ।

गत चैत २३ गतेदेखि शोक प्रस्ताव पारित गर्न थालेको संविधानसभा बैठक गते ३० पनि शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।

थापा प्रतिनिधिसभामा २०५१ र २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धनकुटा जिल्ला क्षेत्र–२ बाट निर्वाचित भएका थिए ।

२०७० सालमा भएको संविधानसभा चुनावमा भने थापा राप्रपाबाट समानुपातिकतर्फ निर्वाचित भएका थिए । थापाले जेष्ठ सदस्यको हैसियतमा संविधानसभाका सदस्यहरुलाई सपथ समेत खुवाएका थिए ।

२०१५ सालको तात्कालिन सल्लाहकार सभा अध्यक्ष रहेका थापा २०२१; ०२३, ०३८, ०५४ र ६० सालमा गरी पाँच पटक प्रधानमन्त्री भएका थिए । पूर्वधानमन्त्री थापाको गत बैसाख २ गते भारतको मेदान्त अस्पतालमा उपचर गराउदै गर्दा ८८ वर्षको उमेरमा निधन भएको थियो ।


  •  
  •  
  •