संविधानसभामा आज पनि शोक प्रस्ताव मात्रै

89
  •  
  •  
  •  

ca-buildingकाठमाडौ, ६ बैशाख(ओएनएस) : संविधानसभाको आईतबार बस्ने बैठकमा शोक प्रस्ताव प्रस्तुत गरिने भएको छ । विगतका केही संविधानसभाका बैठक जस्तै आज हुने बैठकमा पनि शोक प्रस्ताव मात्र प्रस्तुत गरिने भएको हो ।

पूर्व प्रधानमन्त्री तथा संविधानसभाका जेष्ठ सदस्य सूर्यबहादुर थापाको निधनको शोकमा शोक प्रस्ताव प्रस्तुत गरिने संविधानसभा सचिवालयका सह-प्रवक्ता सुदर्शन कुँईकेलले जानकारी दिएका छन् । थापाको गत बुधबार राती उपचारका क्रममा निधन भएको थियो ।

संविधानसभाको आजको बैठक दिउसो ३ बजे बस्ने कार्यक्रम रहेको छ । आजको बैठकमा शोक प्रस्ताव प्रस्तुत गर्ने बाहेक अन्य कुनै कार्यसूची नरहेको बताइएको छ ।

यसअघिका बैठकहरूमा पनि पूर्वसभासद रामनाथ ढकाल तथा पूर्वसांसद सलिम मियाँ अन्सारीको सम्मानमा शोक प्रस्ताव पारित गरिएको थियो भने अन्य कुनै कार्यसूची पेश गरिएको थिएन ।


  •  
  •  
  •