संविधानसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

179
  •  
  •  
  •  

biccकाठमाडौं, ३० चैत (ओएनएस) :  संविधानसभाको साेमबारकाे बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

२०४८ र २०५१ सालका निर्वाचित सांसद् तथा पूर्व गृहराज्य मन्त्री सलिममियाँ अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको हो ।

गत माघ २९ गते बसेको संविधानसभाको बैठक गत २३ चैतमा पनि एमाले नेता तथा पूर्व सभासद् रामनाथ ढकाल तथा महेन्द्र यादवको शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।

संविधानसभाको अर्को बैठक आगामी बैसाख ६ गते दिउँसो तिन बजेका लागि बोलाइएको छ ।


  •  
  •  
  •