दलहरुले सहमति गर्न नसकेपछि सभाध्यक्षले संविधानसभा बैठकको मिति तोके

184
  •  
  •  
  •  

biccकाठमाडौ, १५ चैत(ओएनएस) : सहमति गर्न दिइएको अन्तिम म्याद अाइतबार साँझ सकिएसँगै सभाध्यक्ष सुवास नेम्वाङले आगामी चैत २३ गते १ बजेको लागि संविधानसभाको बैठक बोलाएका छन् ।

यसअघि नेम्वाङले दलहरुलाई सहमति गर्नको लागि आइतबार साँझ ५ बजेसम्मको लागि म्याद दिएका थिए । तर दलहरुले विवादित विषयमा सहमति जुटाउँन नसकेपछि सभाध्यक्षले संविधानसभाको बैठक डाकेका हुन् । सभाध्यक्षले २३ गते भित्र पनि सहमति गरि संविधानसभाको बैठक सुचारु गर्न सकिने बताएका हुन् ।

गत माघ २९ गते सभाध्यक्षले अनिश्चितकालको लागि संविधानसभाको बैठक स्थगित गरेका थिए । त्यसयता दलहरुले सहमति पछि संविधासभाको बैठक राख्ने बताउँदै आएपनि सहमति जुट्न नसकेपछि सभाध्यक्षले मिति तोकेका हुन् ।

दलहरुबीच विवाद बढ्दै गएपछि विगत दुई महिना यता संविधान निर्माण प्रक्रिया अबरुद्ध छ । सत्तारुढ कांग्रेस र एमाले संविधानको विवादित विषयमा सहमति हुन नसके प्रक्रियाबाट संविधान निर्माण प्रक्रिया अघि बढाउनु पर्ने अडानमा छन् भने विपक्षी मोर्चा सहमतिबाटै संविधान लेख्नु पर्ने भन्दै आन्दोलनमा छ । दलहरुबीच राज्य पुनर्सरचना शासकीय स्वरुप लगायतका विषयमा विवाद छ ।

notice


  •  
  •  
  •