संविधानसभाको बैठक माघ २२ गते

384
  •  
  •  
  •  

biccकाठमाडौं, १९ माघ (ओएनएस)  :  विपक्षी दलको नाराबाजीका बीच प्रश्नावली निर्माण समिति गठन गरेर स्थगित भएको संविधानसभाको बैठक आगामी माघ २२ गतेको लागि बोलाइएको छ ।

संविधानसभा सचिवालयका महासचिव मनोहारप्रसाद भट्टराईले सुचना निकाल्दै माघ २२ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको जानकारी गराएका हुन् ।

गत माघ ११ गते सभाध्यक्ष सुवास नेम्वाङले प्रश्नावली समिति गठन गरेपछि संविधानसभा अर्काे सुचना नभएसम्मको लागि स्थगित गरेका थिए । प्रश्नावली समितिले संविधानको विवादित विषयमा प्रश्नहरु तयार पर्न उपसमिति गठनपछि संविधानसभाको बैठक बोलाइएको हो ।

यद्यपी एमाओवादी, मधेशी मोर्चा र राप्रपा नेपालले समितिको बैठकमा भाग लिएका छैनन् । एमाओवादी र मधेसी मोर्चाले सहमतिलाई लत्याएर जबरजस्ती प्रक्रिया अघि बढाएको भन्दै संविधानसभा तथा संसदका सबै समिति बहिष्कार गर्ने निर्णय गरेको थियो ।

राप्रपा नेपालले भने आफ्ना मुद्दामा प्रश्नहरु तयार नपार्ने निर्णय गरेको भन्दै प्रश्नावली समिति बहिष्कार गरेको हो ।


  •  
  •  
  •