शोक प्रस्ताव पारित गर्दै संबिधानसभाको बैठक सकियो

134
  •  
  •  
  •  

biccकाठमाडौं, २३ मंसिर (ओएनएस) : जिप दुर्घटनामा पारी मृत्यु भएका सभासद हरीबादुर खड्काको निधनमा शोक प्रस्ताव पारित गर्दै संबिधानसभाको बैठक सकिएको छ । मंगलबार सवा तीन बजे सुरु भएको बैठकमा खड्कको शोक प्रस्ताव बाहेक अन्य कार्यसुची समावेश गरिएको थिएन  ।

यसअघि बैठकमा सबैधानिक राजनीतिक संवाद तथा सहमति समितिले प्रतिवदेश बुझाउने कार्यक्रम तय भएपनि सभासद खड्काको शनिबार निधन भएपछि बैठक बुधबार बिहान ११ बजेसम्मको लागि स्थगित भएको हो । बुधबार बस्ने बैठकमा संवाद समितिका सभापति डा. बाबुराम भट्टराईले पेश गरेको प्रतिवेदन प्रस्तुत गरिनेछ । संविधानका मुख्य बिषयमा दलहरुबीच सहमति जुट्न नसकेपछि संवैधानिक समितिका सभापति भट्टराईले विवादको विवरणसहितको प्रतिवेदन संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई मंसिर १९ गते बुझाएका थिए । मंसिर १७ गतेको संवैधानिक समितिको बैठकले प्रतिवेदन तयार गर्ने जिम्मा स्वविवेकीय अधिकारसहित बाबुरामलाई दिएको थियो ।

बुधबार संविधानसभाको बैठकमा सम्वाद समितिको प्रतिवेदन पुग्नुअघि नै राजनीतिक तहमा समझदारी कायम गर्नका लागि मुख्य दलहरुले राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाएका छन् । मुख्य चार दल नेपाली कांग्रेस, एमाले, एमाओवादी र मधेसी दल बैठक मंगलबार बिहान बालुवाटारमा बसेको थियो ।
संविधानसभाको बैठकपछि मंगलबार बेलुका बालुवाटारमा चारदलको शीर्ष बैठक बस्दैछ । संवैधानिक समितिले बुझाएको प्रतिवेदन, संविधान जारी गर्ने माघ ८ को समयसिमा, आगामी प्रक्रियाका बारेमा बैठकमा छलफल हुँदैछ । बिहानको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग छिटै गठन गरेर शान्तिपूर्ण प्रक्रियालाई पूर्णता दिने सहमति भएको थियो ।


  •  
  •  
  •