सहमतिका लागि शीर्ष नेताले समय नदिएको भट्टराईको गुनासोे

95
  •  
  •  
  •  

काठमाडौं, २२ असोज (ओएनएस)  : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका विवादित विषयमा सहमति नभएपनि निराश हुनुपर्ने अवस्था नरहेको बताएका छन् । समितिको प्रतिवदेन संविधानसभाको पूर्ण बैठकमा पेश गर्दै सभापति भट्टराईले भने,‘ अझै पनि हिम्मत हार्ने आश मार्ने बेला भएको छैन हामी सानो ऐतिहासिक कालखण्डमा छौं यस्तो बेलामा सामान्य राजनीतिक नियमले काम गर्दैन ।’

भट्टराईले प्रमुख दलका शीर्ष नेताले समय दिए अझैपनि सहमति संभावना रहेकोे बताए । शीर्ष नेताले विवादित विषयमा छलफल कम गरेको गुनासो आइरहेका बेला सभापति भट्टराईले भने,‘ प्रमुख दलका शीर्ष दलका नेताले अलि समय दिए भने सहमति हुन्छ भन्ने लाग्छ, उहाँहरुले केही गर्नुभएनन भन्ने त होइन तर अलिकिति समय दिनुभयो भने सहमति हुन्छ ।’

भट्टराईले अघिल्लो पटक प्रतिवेदन पेश गर्दा प्रेसर कुकर तातिसकेको र सिटी मात्रै लाग्न बाँकी छ भनेको विषय स्मरण गर्दै प्रेसर कुकर तातेको र कहिलेकाँही ताप कम हुँदा सिठी ढिलो लाग्ने तर्क गरे । उनले कहिलेकाही सिठ्ठी विग्रने भन्दै बनाउँदा समय लाग्ने बताए । भट्टराईले सहमति सर्वसहमति नभई प्रयाप्त सहमति जुटाउन खोजको बताए । उनले कम्तिमा १२ बुँदे सहमतिका सहयात्री दलहरुबीच सहमति हुनुपर्नेमा जोड दिए । दर्शन र विचारका कारणले पनि अहिले समस्या भएको बताए ।
सहमति गर्न नसक्दा आफूदाई दुःख लागेको बताए । संविधानसभाको बैठकले उक्त समितिलाई यही असोज २ गते असहमति रहेका सहमति बनाउने, असहमति रहेका विषयमा प्रश्नावली बनाउने समय सिमा दिएको थियो ।

सहमति जुटाउने क्रममा समितिका १० वटा वैठक भएका छन् । भट्टराईले पाँच वटा विषयगत प्रतिवेदन माथि छलफल भएकोे बैठकलाई जानकारी गराए ।
सर्वदलीय बैठक गरी सहमतिको प्रयास गर्दा पनि शासकीय स्वरुप, न्याय प्रणाली र राज्यको पुनः संरचनामा सहमति जुटाउन नसकेको तर तीस विषयमा सहमति जुटेको जानकारी बैठमा भट्टराईले गराए ।


  •  
  •  
  •