व्यवस्थापिका संसदको बैठक आज पनि

72
  •  
  •  
  •  

काठमाडौं, ६ असोज (ओएनएस) : व्यवस्थापिका संसदको बैठक आज पनि बोलाइएको छ । दिउसो तीनबजे बोलाइएको आजको बैठक पनि चल्न नदिने विपक्षी दलको तयारी छ  ।
चारबुँदे सहमति कार्यान्वयन, भारतीय सवारी साधन नेपाल भित्रिदा बढाइएको कर कम गर्नुपर्ने, बाढीपीडितलाई राहत लगायतका माग राख्दै सदनको कामकारवाही अवरुद्ध पारिएको छ ।
सत्तारुढ दलहरुले भने चारबुँदे सहमति अक्षरस पालना गर्न तयार रहेको बताएपनि संविधान निर्माणमा अवरोध पु¥याउन सदनको कामकारवाही अवरुद्ध पारेको ठहर गरेका छन् ।
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले चारबुँदे सहमति अक्षरस पालना गर्न तयार हुँदा पनि सदनको काम अवरोध गर्नुले थप आशंका उब्जिएको बताए । यसैबीच व्यवस्थापिका संसद अन्तरगतको विकास समितिको बैठक सुरु भएको छ ।
समितिको कार्यालय सिँहदरबारमा सुरु बैठकमा दशैैं, तिहार, छठ लगायतका पर्वमा आवत जावत गर्दा परेको कठिनाई र सरकारी संस्थानका बारेमा छलफल हुने कार्यसुची रहेको समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिए ।

  •  
  •  
  •