संवाद समितिले बुझायो प्रतिवेदन

62
  •  
  •  
  •  

 काठमाडौं, २६ भदौ (ओएनएस) संविधानसभाको संबैधानिक, राजनीति,संवाद तथा सहमति समितिले संविधानका आधारभूत विषयमा सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै समय थप गर्न आग्रह गरेको छ । समितिका अध्यक्ष डा. बाबुराम भट्टराईले अहिलेसम्म समितिले गरेका कामको प्रतिवेदन पेश गर्दै समितिले माघ ८ गते संविधान जारी गर्ने मितिमा असर नगर्ने गरि सहमति जुटाउने समय थप्न आग्रह गरेका हुन् ।

‘हामी सहमितको नजिक पुगेका छौं तर सहमति हुन सकेको छैन,उनले भने, ‘प्रेसर कुकर तातेर निकै अगाडी पुगको छ तर सिठ्ठी बजेको छैन, पानी तातेको छ तर उम्लेको छैन ।’ संविधानसभाको अहिलेसम्म काम गरेका विषयलाई समेटेर प्रतिवेदन संविधानसभामा पेश गरेको छ । प्रतिवेदन पेश गर्दै सभापति भट्टराईले अहिलेको संविधानसभालाई देख र दुनियाँले हेरेको तर्क गर्दै सहमतिको लागि केही समय दिनुपर्ने बताए ।

संविधानसभाले जारी गरेको कार्यतालिका अनुसार समितिले काम पुरा गर्न नसेपछि पुन सभाध्यक्षसमक्ष केही समय थपको लागि औपचारिक आग्रह गरिएको छ । भट्टराईले अहिले पनि विवादित विषय बाँकी रहेकाले असहमितका विषयमा सहमति गर्न समय आवश्यक पर्ने बताए । विवादित विषयमा सहमति जुटाउने जिम्मा राजनीतिक संवाद समितिलाई दिइएको छ ।

संवाद समितिका अहिलेसम्म ४० वटा बैठक बसेको जानकारी दिँदै भट्टराईले ६ वटा उपसमिति निर्माण गरे संविधानसभा बाहिर ईलाममा ७ वटा सहमति सम्झौता जनकपुरमा ५ वटा समहुसमूहसँग सहमति भएको जानकारी दिए । उनले विभिन्न ३० वटा विषयमा सहमति गरेको जानकारी दिँदै १३ वटा विषयमा टुंगो लागउन बाँकी रहेको बताए ।

मुख्य रुपमा राज्य पुनर्सरचना राज्यको शासकीय स्वरुप, न्याय प्रणाली, संबैधानिक निकायको संरचनालगायतका विषयमा सहमति जुट्न बाँकी छ । समितिमा भन्दा पनि शिर्ष तहमा राजनीतिक तहमा छलफल गरेपनि सहमति हुन सकेको छैन् ।


  •  
  •  
  •