एमाले महाविधेशनका कारण संविधानसभा बैठक प्रभावित

66
  •  
  •  
  •  

काठमाडौं, २१ असार (ओएनएस) । एमाले महाधिवेशनका कारण संविधानसभा र व्यवस्थापिका संसद्का बैठक प्रभावित भएका छन् । एमालेको महाधिवेशनलाई मध्यनजर राखी संसद र संविधानसभाका बैठक असार २६ गते सम्मका लागि स्थगित गरिएको छ ।

तत्कालिन संविधानसभाका विषयगत समितिका प्रतिवेदनमाथिको छलफल सकिएपछि संविधानसभा अनिश्चित कालका लागि स्थगित गरिएको छ भने व्यवस्थापिका संसद्को बैठक असार २६ गतेसम्मका लागि स्थगित गरिएको छ । असार २७ मा सरकारले नयाँ आर्थिक वर्षको संसदमा बजेट पेश गर्ने कार्यक्रम छ ।

एमाले सभासद महाधिवेशनमा व्यस्त रहनुपर्ने भएका कारण यसबीचमा व्वबस्थापिका संसद र संविधानसभाका समितिका बैठक पनि बस्न सकेका छैनन् । ‘एमालेका माननीय सदस्यहरु महाधिवेशनमा व्यस्त रहनु पर्ने भएकोले यस बीचमा संसदीय समितिका बैठक राखिएको छैन’ संसद सचिवालयका एक अधिकारीले भने ।

संविधानसभाको संवैधानिक राजनीतिक समितिको बैठक असार २६ गतेका लागि राखिएको समिति सचिव एवं संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए । संविधान मस्यौदा समितिको बैठक पनि २६ असारमा राखिएको सचिव डा रवि शर्मा अर्यालले जानकारी दिए ।


  •  
  •  
  •