कार्यतालिकाभित्रै सहमति जुटाउन कसरत

114
  •  
  •  
  •  

काठमाडौं १७ भदौ (ओएनएस) :
नयाँ संविधानका अन्तरवस्तुमा सहमति जुटाउने समय सीमा सकिनै लाग्दा दलहरु सहमति जुटाउने कसरतमा लागेका छन् । सहमति जुटाउन संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति मार्फत छलफल सुरु भएको छ । प्रमुख दलका शीर्ष नेताहरु सहितको बैठकमा मुख्य विवादका विषयमा छलफल सुरु भएको छ ।

राज्य पुर्नसंरचना र शासकीय स्वरुप जस्ता मुख्य विवादीत विषयमा छलफलका लागि विहान ८ बजे कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच छलफल सुरु भएको छ । ११ बजे संवाद समितिको पूर्ण वैठक बोलाइएको छ । आजै दिउँसो १ बजे बालुवाटारमा नेकपा माओवादीका नेताहरुसंगको बैठक बोलाइएको छ।
सभाध्यक्ष सुवासचन्द्र नेम्ववङले भदौ २१ भित्र संवाद समितिले सहमति जुटाउनुपर्ने कार्यतालिका संसोधन नगर्ने जनाउ दिएपछि दलहरुले आन्तरिक, द्विपक्षीय र बहुपक्षिय छलफलका श्रृंखला सुरु गरेका हुन् । संघीयतामा कति प्रदेश कायम गर्ने, शासन प्रणाली कस्तो अवलम्बन गर्ने भन्ने विषयमा दलहहरुबीच विवाद छ ।

 


  •  
  •  
  •