प्रधानमन्त्री र संविधानसभा अध्यक्ष सहितको ‘हाइकमाण्ड’ बैठक

189
  •  
  •  
  •  

काठमाडौं २० कात्तिक (ओएनएस) :

सहमतिबाट झन टाढिदै गएका दलहरु आज शीर्ष तहमा छलफल गर्ने भएका छन् । आज प्रधानमन्त्री र संविधानसभाका अध्यक्षलाई समेत राखेर तीनदलका शीर्ष नेताहरुले छलफल गर्ने भएका छन् । संघियताको संख्यामा सहमति नजिक रहेका दलहरु पहिचानका मुद्दामा विभाजित छन् । आज सत्तासिन कांग्रेस एमालेलाई केहीप्रदेशलाई जातिय पहिचान बनाउने र संख्यामा ८ प्रदेशमा सहमति जनाउने गरि एमाओवादी तयारी रहेको छ ।  आजको बैठकमा बैठकमा कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड, संवैधानिक समितिका सभापति डा बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला सहभागी हुनेछ।

छलफल बिहान संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको कार्यकक्ष सिंहदरबारमा हुनेछ ।  संवैधानिक समितिको आयोजनामा बुधबार भएको सर्वदलीय बैठकमा समानान्तर सरकार चलाएर देखाइदिने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिलाई लिएर चर्काचर्की भयो।

बैठकमा कांग्रेसका एमालेका नेताहरुले प्रजण्डजस्तो जिम्मेवार नेताले विद्रोही दस्ताको कमान्डरले जस्तो उत्तेजना फैलाउने अभिव्यक्ति दिएको आरोप लगाएका थिए । जवाफमा प्रचण्डले कांग्रेस एमालेले सहमतिभन्दा पनि बहुमतको बलले पेल्न खाजेपछि आफू कडा अभिव्यक्ति दिन वाध्य भएको बताएका थिए।

 


  •  
  •  
  •