दलहरुको अलमलले संविधान निर्माण जोखिममा

167
  •  
  •  
  •  

काठमाडौं २६ कात्तिक (ओएनएस) : दलहरुबीचको अन्यौलताले संविधान निर्माण नै जोखिममा परेको छ । संविधानसभाको संवैधानिक राजनीतिक सम्वाद समितिमा आएका प्रस्ताव संविधानसभामा लैजाने वा नलैजाने भन्नेमा विवाद भएपछि छलफलको प्रक्रिया समेत अवरुद्ध बनेको छ । त्योसँगै समितिका सभापति बाबुराम भट्टराईका तर्फबाट समिति भित्रै अर्को सयन्त्र बनाउने नयाँ प्रस्ताव आएको छ ।

आज भट्टराईले राखेको शीर्ष नेताहरुको छुट्टै स.यन्त्र बनाउने प्रस्तावमा छलफल हुनेछ । यद्धपि कांग्रेस एमालले अस्वीकार गरिसकेका छन् । सम्वाद समितिको बैठक दिउँसो बोलाइएकोमा अचानक स्थगित भएको छ। बैठक २८ गतलाई सारिएको छ ।
संघीयता र शासकीय स्वरूपसहितका मुख्य विवादित विषयमा कांग्रेस(एमालेले ल्याएको साझा प्रस्तावबारे एमाओवादी मोर्चाले आपत्ति जनाएपछि संवाद समितिले कुनै निर्णय गर्न सकेको छैन । संविधानसभाले प्रतिवेदनका लागि दिएको अन्तिम समयसीमा कात्तिक १६ को बैठकै निरन्तरताका रूपमा भट्टराईले मंगलबार संवाद समितिको बैठक राखेका थिए ।

साझा पहिचानका सात प्रदेश र सुधारिएको संसदीय व्यवस्थासहितको कांग्रेस(एमालेको प्रस्तावका पक्षमा संविधानसभाको दुई तिहाइ छ । शीर्ष नेताहरूले एमाओवादीसहित दलहरूसँगको छलफल पछि साझा प्रस्तावमा परिमार्जन गर्न सकिने संकेत गरेका छन् । तर ती दलभित्रै प्रदेशको संख्या थपघट गर्ने र सीमा हेरफेर
गर्ने दबाब बढिरहेको छ ।


  •  
  •  
  •