संविधान निर्माण अनिश्चिततातिर

400
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर (ओएनएस) : दलहरुको विवादका कारण संविधान निमाृण प्रक्रिया अझ अनिश्चिततातिर धकेलिएको छ । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले सहमति नभएसम्म बेठक नै नबोलाउने अडान लिएपछि प्रक्रिया नै अवरुद्ध बनेको छ ।
समितिका बहुमत सदस्यले नेपाली कांग्रेस, नेकपा एमालेलगायत सत्तारूढ दलको प्रस्ताव जस्ताको त्यस्तै संविधानसभा पठाइदिन आग्रह गर्दै ४३ जनाको हस्ताक्षर सोमबार समितिमा बुझाएपछि भट्टराईले एकाएक बैठक स्थगित गरेका थिए।

सभापति भट्टराईले बैठक नबोलाउने भउपछि सत्तासिन दलपनि संविधानसभा अध्यक्षलार्य दवाव दिएरु बैठक बोलाउने योजनामा लागेका छन् । कांग्रेस नेता पूर्णबहादुर खड्काले समितिको बैठक नबोलाएपनि आफुहरु विकल्प खोज्ने बताए । उनले सभामुखसँग छलफल गरेपछि त्यसको निधो गर्ने पनि बताए ।

भट्टराईले पनि यसबारे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग पनि परामर्श गरेका छन्। संविधानका अन्तरवस्तुमा सहमति वा प्रश्नावली निर्माणका लागि संविधानसभाबाट कात्तिक १६ को समयसीमा पाएको संवाद समितिका सभापति भट्टराईले अन्तिम बैठकको निरन्तरताका रूपमा औपचारिक छलफल गराउँदै आएका थिए ।  मतदानको प्रक्रिया अघि बढाउन पनि दलहरूबीच सहमति आवश्यक पर्छ ।


  •  
  •  
  •