काठमाडौं २१ भदौ (ओएनएस) :
नयाँ संविधानका अन्तरवस्तुमा रहेका विवाद समाधान गर्ने निर्धारितकार्यतालिका फेरि पर धकेलिने भएको छ । आजसम्म समाधान गरिसक्नुपर्ने संविधानसभाको कार्यतालिका कार्यान्वयन नहुने भएपछि दलहरुम्याद थप गर्ने तयारीमा लागेकाछन् । अघिल्लो संविधान निर्माणको कार्यतालिका २४ पटक संशोधन गरेका दलहरुले यो चोटी पहिलो पटक कार्यतालिका परिवर्तन गर्दैछन् ।
राज्यपुर्नसंरचना र शासकीय स्वरुपजस्ता मुख्य विवादित विषयमा प्रमुख दलहरुबीचको अनौपचारिक छलफल निस्कर्षमा पुग्न् सकेको छैन । एमाओवादीले नकपा माओवादीलाई देखाएर कार्यतालिका संसोधन गर्ने प्रस्ताव गरेको छ । कांग्रेसएमाले सहमति नभए प्रक्रियामा जानेअडानमा छन् ।
संविधानका अन्तरबस्तुमा सहमति जुटाउनुपर्ने समयसीमा तोडिता माघ ८ गते नयाँ संविधान जारी गर्ने कार्यतालिका प्रभावित हुने उनीहरुको तर्क छ ।
सभापति बाबुराम भट्टराई भने सहमतिको प्रयास जारी रहेकाले कार्यतालिका संसोधनको प्रस्ताव संविधानसभामा लैजाने प्रस्तावको गृहकार्यमा छन् । उनले आज बिहानको राजनीतिक सम्वाद तथा सहमतिको बैठकमा औपचारीक प्रस्ताव गर्दैछन् । समितिको बैठकले यससम्बन्धी औपचारिक निर्णय गर्नेछ ।
ु