तराईमा दुई सहित ६ प्रदेशमा सहमति

273
  •  
  •  
  •  

काठमाडौं ५ माघ (ओएनएस) : दलहरुबीच सीमांकनका विषयमा विवाद संघिय सीमा आयोगलाई जिम्मा दिनेगरि संघियतामा सहमति भएको छ । केही प्राविधिक विषय मिलेपछि आजै संविधानसभाबाट सहमतिको घोषणा गर्ने तयारी छ । बहुपहिचान सहित ६ प्रदेशमा जाने विषयमा छलफल अन्तिम चरणमा रहेको छलफलमा सहभागि एक नेताले बताए ।

एमाओवादीले शासकीय स्वरुपमा कांग्रेसले भनेको संसदीय प्रणालीमा जाने तयार रहेको बताएपछि छलफल अघि बढेको थियो । तराईमा दुई प्रदेशक रहनेगरि ६ प्रदेशमा दलहरु सहमत भएका छन् ।

नाम र सीमाका विषयमा विवाद मिलेको छैन । सहमति भएअनुसार प्रदेशहरूको नाम प्रदेशसभाको पहिलो बैठकले निर्णय गर्ने र सीमा आयोगले निर्धारण गर्नेछ । ६ मध्ये बढीमा २ प्रदेशको नाम जातियताका आधारमा राखे अहिले नै नामको विषयमा पनि सहमति हुने देखिएको छ । एमाओवादीका तर्फबाट त्यस्तै प्रस्ताव गएको ती नेताको दावी छ ।

पहिलो प्रदेश –पहाडमा लिम्बु र राई बहुलता

दोस्रो प्रदेश –नेवार र तामाङ बहुलता

तेस्रो प्रदेश –गुरुङ र मगरहरु बहुलता

चौथो प्रदेश –सूदूर पश्चिममा सिन्झा र डोटेली संस्कृति

पाँचौ प्रदेश –पश्चिम तराईमा थारु र अबध भाषा बहुलता

छठौं प्रदेश– पूर्वी तराईमा मैथिली र भोजपुरी भाषा बहुलता

विवादित रहेका पाँच जिल्लालाई केन्द्र स्वसाशित प्रदेशमा राख्ने वा पाँच जिल्लाको केही भाग पाहाड र केही तराईमा मिलाउने भन्नेमा छलफल चलिरहेको छ ।


  •  
  •  
  •