शीर्ष नेतालाई युवासभादहरुले दवाव दिने

168
  •  
  •  
  •  

काठमाडौं १४ पुस (ओएनएस) :
शीर्ष नेताहरुका कारण संविधानसभा बन्धकी बनेको निस्कर्ष सहित युवासभासदहरु दवाव अभियान चलाउने निस्कर्षमा पुगेका छन् । सबै पार्टीका सभासदहरुले सयुक्त रुपमा दवाव अभियान चलाउन आज सयुक्त भेला बोलाइएको छ । तोकिएको समयमै संविधान जारी गर्न शीर्ष नेतृत्वलाई दबाब दिन संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका युवा सभासदहरुले आज भेला बोलाएका छन् ।

भेलाबाट दवाव अभियान तय गरिनेछ । संविधानसभा देखि संसदमा समेत प्रभाव पार्ने गरि दवाव अभियान सार्वजनिक गरिनेछ ।

दवाव संविधानसभाका अध्यक्ष सुसवासचन्द्र नेम्वाङलाई पनि दिइने एमाले सभासद प्रकाश ज्वालाले बताए । बिहान ११ बजे बोलाइएको भेलामा उनीहरुले संविधान निर्माणका प्रक्रियाका बारेमा विज्ञहरुसँग छलफल गर्ने छन् ।

४५ वर्षभन्दा कम उमेरका करिब ५० जना सभासद्हरुलाई आजको युवा सभासद भेलामा बोलाइएको छ ।

संविधान जारी गर्ने मिति नजिकिँदै गर्दा प्रमुख दलहरुबीच संविधानका अन्तर्वस्तु, राज्यको पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीलगायत विषयमा सहमति जुट्न सकेको छैन। ।


  •  
  •  
  •