दलहरुका फरक रणनीतिले संविधानसभा सकसमा

196
  •  
  •  
  •  

काठमाडौं १ मंसिर (ओएनएस्) :संविधानका विवादित विषयमा सहमति खोज्न आज संवैधानिक सम्वाद तथा सहमति समितिको बैठक बस्दैछ । समितिको बैठकमा दलहरुको तयारी भने फरक फरक छ । सत्तासिन कांग्रेस एमाले लिखित हस्ताक्षर बुझाएर प्रक्रियामा लैजान दवाव दिने तयारीमा छन् एमाओवादी त्यसलाई अस्वीकार गरेर अवरोध पुरयाउने योजनामा रहेका छ । सहमतिको सट्टा प्रक्रियामा जाने वा नजाने भन्ने विवाद चर्केपछि आजको समिति बैठक ‘तनावपूर्ण’ हुने देखिएको छ। कांग्रेस-एमालेले नौबुँदे प्रस्ताव अघि बढाउन हस्ताक्षर संकलन गरेका छन् भने एमाओवादी र मधेस केन्द्रित दल त्यसलाई रोक्ने पक्षमा अग्रसर देखिएका छन्। समितिको बैठक दिउँसो १ बजे बोलाइएको छ।

त्यसअघि दलहरुले छलफल गर्ने बताएपनि सहमतिको सम्भावना छैन । संवादको तेस्रो प्रतिवेदमाथिको सैद्धान्तिक छलफलपछि संविधानसभाको कात्तिक ४ को पूर्ण बैठकले उसलाई कात्तिक १५ भित्र सहमति गर्न र सहमति हुन नसकेका विषयमा प्रश्नावलीसहितको प्रतिवेदन बुझाउन कात्तिक १६ को ‘अन्तिम समय सीमा’ तोकेको थियो । उक्त समय सकिएको दुई साता बितिसक्दा पनि समितिले कस्तो प्रतिवेदन बुझाउने भन्ने तय गरेको छैन ।

संविधानसभामा दुई तिहाई सिट भएका कांग्रेस(एमालेसहितका दलहरुले आफ्नो प्रस्ताव अघि नबढाए भट्टराई नेतृत्वको समितिले गरेका कुनै पनि निर्णयलाई बैधानिकता नदिने चेतावनी दिएका छन् ।


  •  
  •  
  •