मदन कोइराला
काठमाडौं, ७ जेठ (ओएनएस) : संविधान निर्माणको जिम्मेवारी पाएका सभासदहरुले संविधानसभामा कसतो भुमिका निर्वाह गरिरहेका छन्, सबैको चासोको विषय बनेको छ । अँझ अहिले अभिलेख अध्ययन तथा निक्र्यौल समितिले पेश गरेको तत्कालिन राज्यको हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मस्यौदामा भएका असहमतिको विषयमा संविधानसभामा छलफल चलिरहँदा त्यतर्फ सबैको ध्यान जानु स्वभाविकै हो । तर सभासदहरु भने संविधानसभामा भारतयि योग गुरु रामदेवको विज्ञापन गरिरहेका छन् ।
युवाहरुलाई सैनिक तालिम दिन हुन्छ की हुँदैन भन्ने विषयमा छलफल हुँदा बुधबारको संविधानसभा बैठकमा कांग्रेस सभासद नरधाम कामीले सैनिक तालिम होइन पतंजली योगा सिकानउनु पर्ने बताए । उनले नागरिकलाई स्वच्छ राख्न पंतजलीको योगा आवश्यक हुने भन्दै अनिवार्य सैनिक तालिम लिने कुरा व्यवहारिक नभएको तर्क गरे ।
अर्का सभासद मोहन बानियाँले सैनिक तालिम दिने विषयमा विचार गर्नुपर्ने उल्लेख गर्दे भने, ‘यो १४औं शताब्द्धी होइन । १८ वर्ष उमेर पुगेका नागरिकलाई सैनिक तालिम दिएर के गर्न खोजिँदैछ । बारुद बनाउने फ्याट्री छैन के को सैनिक तालिम? स्वस्थ हुने हो भने रामदेव गुरुको योगा सिक्नु पर्छ ।’ एमालेका तर्फबाट सभासद रहेका उनले एमाओवादीले भने जस्तो १८ वर्ष पुगेका युवालाई सैनिक तालिम दिएर के गर्ने भनी प्रश्न गरेका थिए ।