उपनिर्वाचनको  तयारी अन्तिम चरणमा

78
  •  
  •  
  •  

काठमाडौँ, ३० जेठ (ओएनएस) । आगामी असार ८ गते हुने उपनिवार्चनका लागि तयारी अन्तिमचरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले तयारी अन्तिम चरणमा पुगेको बताए ।

निर्वाचन शिक्षा तथा सूचना केन्द्रद्वारा उपनिर्वाचनको तयारीका बारेमा जानकारी दिन शुक्रार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त उप्रेतीले निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न हुने दाबी छ ।

‘सबै मत सदर मत, सबै मतदान सहज मतदान’ भन्ने उद्देश्यका साथ उपनिर्वाचनमा विद्युतीय मतदान प्रयोग गर्न लागेको चर्चा गर्दै उनले आगामी निर्वाचनहरुमा पनि प्रविधिको प्रयोगलाई व्यापकता दिइने बताए । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मङ्सिर– ४ मा सम्पन्न संविधानसभाको निर्वाचनका विषयमा शङ्का, उपशङ्का गर्ने ठाउँ कतै नरहेको प्रस्ट पारे ।
निर्वाचन आयुक्त इला शर्माले उपनिर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न आयोगले काम गरिराखेको बताइन् । आयोगका सचिव मधु रेग्मीले निर्वाचनको विश्वसनीयता र निर्वाचनलाई त्रुटिरहित बनाउन आयोग प्रतिबद्ध रहेको बताए ।


  •  
  •  
  •