अबको १८ दिनमा संविधान जारी गर्ने गरी कार्यतालिका बन्दै

77
  •  
  •  
  •  

काठमाडौं ९ साउन (ओएनएस) :
अबको १८ दिनमा संविधान जारी गर्नेगरि दलहरुले फास्ट ट्रयाक कार्यतालिका बनाउने भएका छन् । आज संविधानसभाका अध्यक्ष र दलहरुबीच छलफल भएपछि आजै अनौपचारीका कार्यतालिका तय हुनेछ । त्यसलाई ११ गते संविधानसभाको बैठक बोलाएर सार्वजनिक गर्ने तयारी छ । बिहान संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र दलहरुबीच सिंहदरबारमा छलफल हुँदैछ ।

सोमबार जनताबाट आएका सुझावमा संविधानसभाको पूर्ण बैठकमा छलफल चलाउने कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले बताए । उनले त्यस अनुसार आज कार्यतालिका तय हुने बताए । उनले सिमांकन विनाको संविधान नै जारी गर्ने पनि बताए । ‘सिमांकनमा जाँदा धेरै समय लाग्छ’ उनले भने, ‘हामीले अबको २० दिनमा सिमांकन वाहेकको संविधान जारी गर्ने तयारी गरेका छौ । ’

जनताबाट फरक सुझाब आएको भन्दै सुझाब संकलन जनमतसंग्रह नभएको र एउटै विषयमा हजारौँ सुझाब आएकाले संविधानसभा, संवाद समिति, मस्यौदा समितिमा छलफल भई निक्र्योलमा पुग्नेछन् । प्रत्यक्ष कार्यकारी प्रमुख, मर्ध निरपेक्षता, सीमांकन सहितको कम प्रदेशको संख्या लगायतकाका विषयमा धेरै सुझाव आएको छ।


  •  
  •  
  •