अन्यौलबीच संविधानसभाको बैठक सकियो

253
  •  
  •  
  •  

काठमाडौं, ४ माघ (ओएनएस) : आगामि बाटोका विषयमा  अन्यौलता कायम राख्दै संविधानसभाको बैठक आइतबारको लागि सकिएको छ । संविधानसभामा संवैधानिक राजनीतिक तथा संवाद तथा सहमति समितिको प्रतिवेदनमाथिको सभासदको बोल्ने क्रम सकिएपछि बैठक सकिएको छ ।

तर, प्रक्रिया अघि बढ्ने की सहमतिका लागि समय दिने भन्नेमा अन्यौलता कायम छ । सोमबारसम्म अन्यौल हटाउने जिम्मा शीर्ष नेताहरुलाई सुम्पेर सभासदहरु सभाहलबाट बाहिरिएका छन् । अब संविधानसभाको बैठक सोमबार बस्नेछ । आइतनबार सत्तापक्षका सभासदले बालेका थिएनन भने विपक्षी मोर्चाका नेताले मात्रै बालेका थिए ।

संविधानसभाको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहम
ति समितिको प्रतिवेदनमाथि छलफल चलिरहदा विपक्षी सभासदहरुले समय कटाउने मेलोको रुपमा लिएका थिए । एमाओवादी लागयतका विपक्षीहरुले आफ्नो सबै सभासदहरुलाई नाम टिपाएर बैठकमा भाग लिन यसअघि नै निर्देशन दिएका थिए ।

विपक्षी सभासदहरुले बैठकलाई संविधान कटाउने मेलोको रुपमा उपयोग गरेपछि सत्तापक्षका सभासदहरुले आइतबारको बैठकमा भाग लिएनन् । सत्तापक्षका अधिकांस सभासदहरु संविधानसभा हल बाहिर घाम तापेर बसेका छन् ।

विपक्षी सभासदहरुले बैठकलाई संविधानसभाको बैठकलाई समय कटाउने मेलोको रुपमा लिएपछि काँग्रेस सभासद गगन थापाले ट्वीट गरेका छन् ‘ माओवादी र मधेश केन्द्रीत दलको रणनीति संविधानसभामा बोलि बोलि हामीलाई थकाउने, गतल रणनीति, तपाईको गोलिले थकाउन सकेन, बोलिले के थकाउछ । ’

नेपाली काँग्रेस, नेकपा (एमाले)लगायत सत्तापक्ष दलले सहमतिका नाममा संविधानका अन्तर्वस्तुमा देखिएको विवाद सुल्झाउन धेरै समय खर्चिसकिएकाले अब प्रक्रियाका आधारमा विषयवस्तुको छिनोफानो गर्नुे पर्नेमा जोड दिएका छन् । प्रतिपक्षी दल एनेकपा (माओवादी)लगायतले भने सहमतिको विकल्प नरहेकाले सहमतिका आधारमा मात्रै विवादलाई सहमतिमा रुपान्तरण गर्नु नै बुद्धिमानी हुने तर्क प्रस्तुत गर्दै आएका छन् ।

आइबारको एमाओवादी)का कृष्णबहादुर महराले काँग्रेस र एमालेले लोकतन्त्रका लागि लड्ने र योगदान दिने काम गरे पनि प्राप्त उपलब्धिलाई बचाउन भने नसकेको भन्दै विगतको घटनाक्रमको फेहरिस्त प्रस्तुत गर्दै दशवर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई स्थापित गर्नका लागि नयाँ संविधान बनाउन अहिले राजनीतिक दलका लागि गम्भीर चुनौती रहेको धारणा राखे ।


  •  
  •  
  •