संविधानसभामा बैठक : विपक्षीलाई समय कटाउने मेलो

188
  •  
  •  
  •  

काठमाडौँ, ४ माघ (ओएनएस) :  संविधानसभाको बैठकमा संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि छलफल चलिरहदा विपक्षी सभासदहरुले समय कटाउने मेलोको रुपमा लिएका छन् ।

संविधान जारी गर्न तोकिएको मिति आउन ४ दिन बाँकी रहेको बेला एमाओवादी लगायतका विपक्षी सभासदहरुले प्रक्रियामा जान नदिनको लागि बैठकलाई लम्बाउन आफ्नो धारणा राखिरहेका छन् ।

सत्तारुढ काँग्रेस–एमालले छोटो प्रक्रियाबाट संविधान जारी गर्नको गर्ने बताइरहँदा विपक्षी सभासदहरु भने बैठकलाई लामो पार्ने कसरतमा लागेपछि तोकिएको मितिमा संविधान आउने संभावना टरिसकेको छ । एमाओवादी लागयतका विपक्षीहरुले आफ्नो सबै सभासदहरुलाई नाम टिपाएर बैठकमा भाग लिन यसअघि नै निर्देशन दिएका छन् ।

विपक्षी सभासदहरुले बैठकलाई संविधान कटाउने मेलोको रुपमा उपयोग गरेपछि सत्तापक्षका सभासदहरुले आइतबारको बैठकमा भाग लिएका छैनन् । सत्तापक्षका अधिकांस सभासदहरु संविधानसभा हल बाहिर घाम तापेर बसेका छन् ।

विपक्षी सभासदहरुले बैठकलाई संविधानसभाको बैठकलाई समय कटाउने मेलोको रुपमा लिएपछि काँग्रेस सभासद गगन थापाले ट्वीट गरेका छन् ‘ माओवादी र मधेश केन्द्रीत दलको रणनीति संविधानसभामा बोली बोली हामीलाई थकाउने, गतल रणनीति, तपाईको गोलीले थकाउन सकेन, बोलीले के थकाउँछ । ’

[box type=”shadow” ]

[/box]

प्रतिवेदनमाथि आइबार तेस्रो दिन पनि छलफल चलेको छ । नेपाली काँग्रेस, नेकपा (एमाले)लगायत सत्तापक्ष दलले सहमतिका नाममा संविधानका अन्तर्वस्तुमा देखिएको विवाद सुल्झाउन धेरै समय खर्चिसकिएकाले अब प्रक्रियाका आधारमा विषयवस्तुको छिनोफानो गर्नुे पर्नेमा जोड दिएका छन् । प्रतिपक्षी दल एनेकपा (माओवादी)लगायतले भने सहमतिको विकल्प नरहेकाले सहमतिका आधारमा मात्रै विवादलाई सहमतिमा रुपान्तरण गर्नु नै बुद्धिमानी हुने तर्क प्रस्तुत गर्दै आएका छन् ।

आइबारको एमाओवादी)का कृष्णबहादुर महराले काँग्रेस र एमालेले लोकतन्त्रका लागि लड्ने र योगदान दिने काम गरे पनि प्राप्त उपलब्धिलाई बचाउन भने नसकेको भन्दै विगतको घटनाक्रमको फेहरिस्त प्रस्तुत गर्दै दशवर्षे सशस्त्र जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिलाई स्थापित गर्नका लागि नयाँ संविधान बनाउन अहिले राजनीतिक दलका लागि गम्भीर चुनौती रहेको धारणा राखे ।

संविधान जारी गर्नका लागि तोकिएको यही माघ ८ गते आउन अब चार दिन मात्र बाँकी भएकाले यस अवधिमा संविधान जारी हुन नसक्ने बताउँदै उनले यो अवधिमा जारी गर्न खोज्नु भनेको जबर्जस्ती गर्न खोजेको आरोप लगाए ।

सहमति विपरीत प्रक्रियाका आधारमा विवादलाई छिनोफानोका रूपमा लैजान खोजिए लोकतन्त्रको बाधकका रूपमा लुकेर बसेको तत्वलाई फाइदा पुग्ने पाटालाई संवेदनशील रूपमा विचार पु¥याउन आग्रह गर्दै महराले एक पटक फेरि पनि सहमतिका लागि प्रयासमा जुट्नु पर्ने बताए ।


  •  
  •  
  •