सहमति जुटाउन दलहरु फेरि असफल

92
  •  
  •  
  •  

काठमाडौं, २८ पुस (ओएनएस) :  संविधानको विवादित बिषयमा सहमति जुटाउने दलहरु फेरि असफल भएको छ ।

संविधानसभाले संविधानको मुख्य विषयमा देखिएको विवाद जुटाउन दिएको चार दिनको अन्तिम दिन सोमबार संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा दलका नेताहरु विभाजित भएका हुन् । सहमति जुटाउन नसकेपछि संवाद समितिले विवाद विषयमा सहमति जुटाउन नसकेका विषयलाई जनकारी गराउदै संविधानसभालाई प्रतिवेदन पठाउने भएको छ ।

दिउसो २ बजेको लागि बोलाइएको बैठक २ घण्टा ढिलो गरि सुरु भएपनि सत्तारुढ नेपाली काँग्रेस र एमाले तथा विपक्षी एमाआवादीबीच कुरा मिल्न सकेन ।

संविधान जारी गर्न तोकिएको अन्तिम मिति माघ ८ नजिकिदै गर्दा दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणाली लगायतमा विवाद बढ्दै जादा संविधान आउने संभावना कमजोर बन्दै गएको छ ।


  •  
  •  
  •