प्रश्नावली समितिलाई अर्काे झड्का, राप्रपा नेपालद्वारा बहिष्कार

233
  •  
  •  
  •  

biccकाठमाडौं, १८ माघ  (ओएनएस) : राप्रपा नेपालले संविधानसभाको प्रश्नावली निर्माण समितिको बैठक बहिष्कार गरेको छ ।

समितिको दोस्रो बैठक बस्नुअघि गणतन्त्र, धर्मनिरपेक्षता र संघीताको विषयमा सत्तारुढ काँग्रेस–एमाले प्रश्नावली तयार नभएको भन्दै राप्रपा नेपालले बहिष्कार गर्ने निर्णय गरेको हो । राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीको फरक मतलाई काँग्रेस एमालेले सम्बोधन गर्न सहमत नभएकाले बहिष्कार गर्ने निर्णय गरेको बताए ।

विपक्षीको विरोधका बीच गठन भएको संविधानसभाको प्रस्ताव निर्माण समितिमा विपक्षी एमाओवादी नेतृत्वको मोर्चा सहभागि छैन । एमाओवादीले सभाध्यक्षले जवरजस्ती प्रक्रियाको सुरुआत गरेको भन्दै प्रश्नावली समितिमा भाग नलिने निर्णय गरेको थियो ।

काम सुरु गरेको ५ दिनभित्र नयाँ संबिधानका विवादित बिषयलाई संबिधानसभामा निर्णयार्थ पेस गर्न आवश्यक प्रश्नावली बनाउने कार्यदेश भएको समितिको दोस्रो बैठकमा राप्रपा नेपाल पनि सहभागि नहुने भएपछि संविधान निर्माण प्रक्रिया थप अन्योलग्रस्त बनेको छ ।

यसअघि शनिबार बसेको पहिलोे बैठकले कार्यविधि निर्माण उपसमिति बनाएको थियो । सभासद रमेश लेखक संयोजकत्वको उपसमितिको बैठकले आइतबार समिति बैठकमा कार्यविधि पेस प्रस्ताव गर्नेछ ।बैठक सञ्चालन, निर्णय प्रक्रिया र प्रश्नावली निर्माणका आधार समेटिएको कार्यविधिमा समितिको पूर्ण बैठकमा सर्वसम्मत हुन नसकेका विषयलाई बहुमतबाट टुंग्याउने प्रस्ताव गरिएको छ ।

यसअघि गत माघ ११ मा सभाध्यक्ष नेम्वाङले विपक्षीको चर्काे नाराबाजीका बीच प्रस्ताव निर्माण समिति गठन गरेका थिए । सभाध्यक्षको कदमप्रति आक्रोसित बनेका विपक्षीले उक्त कदन नसच्एिसम्म वार्तामा समेत नबस्ने भन्दै सडक आन्दोलनको घोषणा गरेका छन् । दलहरुबीच संघीयता, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीमा विवाद हुँदा संविधान निर्माण प्रक्रिया अबरुद्ध र अन्योलग्रस्त छ ।


  •  
  •  
  •