काठमाडौं १८ मंसिर (ओएनएस) :
नेपाली कांग्रेस र नेकपा एमालले पेस गरेको साझा प्रस्ताव संविधानसभामा प्रवेश पाउने भएको छ । आज संविधानसभा सम्वाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले बिै प्रतिवेदन संविधानसभाका पेस गर्दैछन् । बिहान प्रमुख चारदलको शीर्ष नेतृत्वसँगको छलफलपछि दिउँसो उनले प्रतिवेदन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई बुझाउने छन् ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीजस्ता मुख्य विवादित विषयमा दलहरूबाट आएको प्रस्तावलाई संविधानसभामै लगेर छलफल गर्ने निर्णय गरेपछि रोकिएको संविधान निर्माण प्रक्रिया फेरि अघि बढ्ने भएको छ । प्रतिबद्धताअनुसार माघ ८ भित्र संविधान नबन्ने भए पनि दलहरूले कार्यतालिका छोट्याएर तोकिएकै समयमा संविधान जारी गर्ने बताएका छन ्।
विवादित विषयमा सहमति हुन नसकेपछि संवाद समितिमा सत्ता साझेदारसहितका दलहरूले ७ प्रदेशसहितको संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीजस्ता विषयमा आफ् नो छुट्टै प्रस्ताव पेस गरेको मात्र हैन बहुमत हुने गरी समितिका ४३ सदस्यले हस्ताक्षर गरी उक्त प्रस्ताव संविधानसभामा पठाउन सभापति डा बाबुराम भट्टराईलाई दबाब दिएका थिए । बिहनदेखि भट्टराईले परामर्श थाल्ने बताएका छन् ।
दलहरुले सहमतिका लागि समय माग गर्दै कार्यतालिका पनि संसोधन गर्ने भएका छन् । जनतामा जाने कार्यतालिका कटौती र बाँकीलाई छुट्याएर ‘फास्ट ट्रयाक’को कार्यतालिका बनाउने एक नेताले बताए ।