प्रक्रियामा जान ४ सय १३ सभासदको हस्ताक्षर

345
  •  
  •  
  •  

काठमाडौं २ माघ (ओएनएस) :  सहमति नभए प्रक्रियामै गएर पनि माघ ८ मै संबिधान जारी गर्नुपर्ने भन्दै सभासदहरुले हस्ताक्षर बुझाएका छन् । संबिधानसभाका ४ सय १३ सभासदले सभामुख सुबास नेम्वाङलाई हस्ताक्षर बुझाएका छन् । सभासदहरुको नेतृत्व गर्दै जनमोचाृका अध्यक्ष सभासद चित्रबहादुर केसीले सभामुख नेम्वाङलाई ४ सय १३ हस्ताक्षर बुझाएका हुन् । केसीले सभासदको हस्ताक्षर सभाध्यक्षलाई बुझाउँदै माघ ८ भित्रै संविधान जारी गर्ने गरि प्रक्रिया थाल्न आग्रह गरे । हस्ताक्षर संकलनको नेतृत्व सभासद प्रकाश ज्वालाले गरेका थिए ।

हस्ताक्षर बुझ्दै सभासद सुबास नेम्वाङले अब संविधानसभाले दलहरुको सहमतिलाई नपर्खिने बताएका छन् । उनले दलका नेताहरुले दुई घण्टामा सहमति गर्छु भनेपनि सहमति गर्न नचाहेको बताए । नेम्वाङले अब प्रक्रियामा गएपनि माघ ८ मा संविधान आउन भने असम्भव देखिएको बताए । कांग्रेस(एमालेका युवा सभासद्ले एक साता अगाडिदेखि हस्ताक्षर अभियान सुरु गरेका थिए ।


  •  
  •  
  •