संविधानसभा हलभित्र १० पोका खुर्सानीको धुलो भेटिएपछि सभासदलाई कडा चेकजाँच

102
  •  
  •  
  •  

biccकाठमाडौं, ८ माघ (ओएनएस) : संविधानसभा हलभित्र १० पोखा खुर्सानीको धुलो भेटिएपछि सभासदहरुलाई भवनभित्र छिर्न कडाई गरिएको छ । संसद सचिवालयले हलभित्र चेकजाँच गर्ने क्रममा विहान १० पोका खुर्सानीको धुलो भेटेको थियो ।

संविधानसभामा सभासद्हरु लाइनमा बसेर चेकिङ गराइरहेका छन् । सभासदहरुलाई गाडिबाट ओरालेर घडी, पर्स, चावी, मोबाइल फोन पनि चेक गरिएको छ ।

यता हलमा विपक्षी दल बस्ने ठाँउको माइकहरु निकालिएको छ । गत सोमबार राति एमाओवादी लगायतका सभासदहरुले कुर्सी र माइक तोडफोड गरेपछि सुरक्षाको लागि माइक निकालिएको हो ।

सुरक्षा व्यवस्था कडा पारिएपछि विपक्षी दलका नेताहरुले आपत्ति जनाएका छन् । अघि पुष्पकमल दाहाल, बाबुराम भट्टराई र विजयकुमार गच्छदारलगायत नेताहरुले सभामुखलाई भेटेर विपक्षी सभासदलाई जाँचमा कडाई गरिएको बारे ध्यानाकण गराएको एमाओवादी नेता अग्नी सापकोटाले पत्रकारहरुलाई जानकारी दिए ।

उनले विपक्षी सभासदलाई तल्लो दर्जाको व्यवहार गर्दै निरुत्साहित बनाउन अनावश्यक चाँच गरिएको भन्दै आक्रोस पोखेका थिए । यसअघि विधानसभा बैठक कक्षभित्रै १० पोका खुर्सानीको धुलो भेटिएको थियो ।

नियमित चाँच गर्ने १० पोका खुर्सानीको धुलो भेटिएको संविधानसभा सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानएका थिए ।


  •  
  •  
  •