संसदको बैठक बस्दै, बजेट वक्तव्यको मिति तय हुने

280
  •  
  •  
  •  

काठमाडौं २६ असार (ओएनएस) : व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । आजको वैठकबाट आगामी आर्थिक वर्ष २०७१ ०७२को बजेट बक्तव्यको मिति तय हुनेछ । बैठकमा सरकारका तर्फबाट आर्थिक प्रक्षेपण प्रतिवेदन पनि प्रस्तुत हुने कार्यक्रम छ । आज संसदमा आर्थिक सर्वेक्षण पेस भएपछि आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ । सरकारले आगामी असार २९ गते संसद्‍मा बजेट प्रस्तुत गर्ने भएको छ।

असारभित्रै बजेट पारित गराउने तयारीअनुसार अर्थमन्त्रालयले पहिले नै बजेट तयार गरेको थियो। तर एमाले महाधिवेशनले गर्दा बजेट प्रस्तुतीमा ढिलाइ भएको अर्थका अधिकारीले जनाएका छन् ।


  •  
  •  
  •