‘जनताको संविधान : जनताकै माझमा’ अभियान आजबाट

140
  •  
  •  
  •  

काठमाडौं २१ मंसिर  (ओएनएस) :
नेपालको संविधानको विशेषताका बारेमा जनतालाई जानकारी दिन सरकारले आजदेखि विषेश अभियान सञ्चालन गर्ने भएको छ । ‘जनताको संविधान ः जनताकै माझमा’ एक महिने अभियानको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै गर्नेछन् । संविधानका विषयमा भ्रमहरु सृजना भएकाले जनतालाई संविधानका विशेषताका बारेमा जानकारी गराउन अभियान चलाउन लागेको सरकारले बताएको छ । आजेदेखि सुरु हुने एक महिने अभियान सबै जिल्ला, नगरपालिका र गाविससम्म पर्याउने सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

‘जनताको संविधान ः जनताकै माझमा’ अभियानमा सरकारका मन्त्री, सांसद, विभिन्न दलका नेता, अगुवा समाजसेवी सबैको सहभागिता हुनेछ ।

एक महिने अभियानअन्तर्गत संविधानको विशेषताका साथै महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम, मधेसी आदिको बारेमा संविधानले गरेको व्यवस्थालाई जनस्तरमा प्रचारप्रसार गर्ने कार्यक्रम रहेको मन्त्री राइले जानकारी गराउनुभयो । संविधानको विषयबस्तु मैथली, अवधि, थारु ल्गायतका भाषामा तयार गरिएको छ ।


  •  
  •  
  •