‘नेपालको संविधान’ नयाँ संविधान

345
  •  
  •  
  •  

काठमाडौं, १२ भदौ (ओएनएस) : संविधानसभाले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ८ मा घोषणा हुने नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुने भएको छ । बिहीवार बसेको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकले नयाँ संविधानको नाम ‘नेपालको संविधान’ हुनेमा सहमति गरेको छ ।
एमाले वरिष्ठ नेता झलनाथ खनालका अनुसार नेपालको स्वाधिनता, राष्ट्रिय अखण्डता र नेपाली जनतामा निहित सार्वभौमसत्तालाई अपरिवर्तनीय विषयका रुपमा रहने सहमति भएको छ ।

मौलिक हक, मानवअधिकार, पे्रस स्वत्नत्रता, बहुलवाद, विधिको शासन, आवधिक निर्वाचन जस्ता विषयलाई प्रस्तावनामा समेट्ने समेत सहमति भएको छ ।

प्रस्तावनामा समेटिने विषयको संशोधन गर्न संसद्मा दुई तिहाई मत कायम गरी त्यसलाई जनमतसंग्रहमा लैजानुपर्ने सहमति भएको छ । संविधानका अन्य पक्ष एवं विषय शोधनका लागि प्रचलित कानुनअनुसार दुई तिहाई मतका आधारमा गर्नुपर्ने सहमति भएको खनालले जानकारी दिए ।


  •  
  •  
  •