वैदेशिक रोजगारीमा गएकाको समस्याप्रति संसदमा चिन्ता

147
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) । सभासदहरूले सरकारको लापरवाहीका कारण वैदेशिक रोजगारीमा गएका युवाले विदेशमा समस्या झेल्नु परेको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकको सुरुमै सभामुखसँग समय लिएर सभासदहरुले देशको अर्थतन्त्र रेमिट्यान्सले धानेपनि बैदेशिक रोजगारीमा गएका युवाका समस्याप्रति सरकार गैर–जिम्मेवार बनेको आरोप लगाएका हुन् ।

नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले वैदेशिक रोजगारीमा जाने कामदारलाई अभिमुखीकरण तालिम नदिदा कतार, मलेसिया लगायतका देशमा कामदारले कष्ट व्यहोरी रहेको बताए । ‘गर्मिबाट कसरी बच्ने भन्ने सामान्य जानकारी अभावमा लाखांै कामदारको कष्ट व्यहोरी रहेका छन्’, सभासद जोशीले भने, ‘एमआरपी पासपोर्ट लिन ५० डिग्री सेल्यििसको गर्मिमा लाइनमा बस्नु पर्ने बाध्यता छ ।’

श्रम सम्झौतामा उल्लेख भए अनुसारको तलव नपाएका तथा ट्राफिक नियमको जानकारी नहुँदा नेपाली कामदार दुर्घटनामा पर्ने गरेको जोशीले बताए । एकीकृत माओवादीका सभासद शक्तिबहादुर वस्नेतले सरकारको लापरवाहीका कारण वैदेशिक रोजगारीमा गएका युवाको दैनिक लाश आइरहेको बताए । अर्थमन्त्री डा रामबरण महतले रेमिट्यान्सको सदुपयोग गर्नुपर्ने बताए ।


  •  
  •  
  •