संविधानसभाको बैठक आज बस्दै

140
  •  
  •  
  •  

काठमाडौं २२ माघ (ओएनएस) :
विपक्षीको बहिष्कारकाबीच संविधानसभाको बैठक आज बस्दैछ । दिउँसो बोलाइएको बैठकमा प्रक्रियाका विषयमा प्रश्नावली बनाउन समय थप हुनेछ । विधानका अन्तर्वस्तुमा भएका असहमतिलाई प्रश्नावली बनाउने जिम्मा पाएको प्रस्ताव निर्माण समितिले आफूलाई उपलब्ध गराएको समय कम भएको भन्दै पाँच दिन थप गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ। त्यो प्रस्ताव आज स्वीकृत हुनेछ ।

सात वटा विषयमा प्रश्नावली बनाउँदै गरेको समितिले थप विषयमा प्रश्नावली बनाउन पाँच दिन समय आवश्यक पर्ने निष्कर्ष निकाल्दै पाँच दिन समय थप गर्न आग्रह गर्ने निर्णय गरेको समितिका सदस्य अग्नी खरेलले जानकारी दिए।
समितिले अहिलेसम्म तीन वटा विषयमा मात्र प्रश्नावली बनाउन सकेको छ। संविधानको प्रस्तावना, संशोधनीयरअसंशोधनीय र मौलिक अधिकारको बाँडफाँडका विषयमा भने प्रश्नावली तयार भइसकेको नेताहरुले बताएका छन्।
माघ ११ गते संविधानसभा बैठकले पहिलो बैठक बसेको पाँच दिनभित्र प्रश्नहरु तयार गर्ने गरी समिति गठन गरेको थियो। संविधानसभाको  बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ ।

माघ ५ राती सत्तपक्षले संविधानसभामा बहुमतीय प्रक्रिया अघि बढाउँदा असन्तुष्ट बनेका सभासदले तोडफोड गर्नुका साथै सभामुख सुबासचन्द्र नेम्बाङलाई माइकले हिर्काएका थिए ।


  •  
  •  
  •