विपक्षीको विरोधबीच संविधानसभामा प्रस्ताव निर्माण समिति गठन

85
  •  
  •  
  •  

biccकाठमाडौं, ११ माघ (ओएनएस) : विपक्षी सभासदहरुको चर्काे विरोधका बीच संविधानसभामा आइतबार प्रस्ताव निर्माण समिति गठन भएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ आफैले प्रस्ताव पेश गरि ७३ सदस्यीय रहेको प्रस्ताव निर्माण गठन गरेका हुन् । प्रस्ताव निर्माण समितिको कार्यविधि सुरु भएको ५ दिनसम्म हुनेछ ।

सभाध्यक्षले समितिको बैठक ५ दिनपछि बोलाएका छन् । समितिमा सत्तारुढ दलका ४९ जना सभासदहरुको नाम घोषणा गरिएको छ । सभाध्यक्षले विपक्षीहरुलाई पनि आफ्ना सभासदहरुको नाम दिन अनुरोध गरेका छन् ।

समितिले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले पठाएको प्रतिवेदनलाई अध्ययन गरि विवाद भएका विषयमा सहमतिको प्रयास गर्नेछ ।

सभाध्यक्षले संविधानसभा नियमावलीको नियम ९१ बमोजिम प्रस्ताव निर्माण समितिको प्रस्ताव पेश बहुमतले पारित भएको थियो । त्यसबीचमा एमाओवादी लगायतका विपक्षी सभासदहरुले चर्काे नाराबजी गरेका थिए ।

उक्त प्रस्ताव पेश गर्नुअघि सभाध्यक्षले औपचारिक र अनौपचारिक रुपमा आफुले धेरै छलफल चलाउदा पनि सहमति नभएको भन्दै प्रक्रियाका लागि समयावधि आवश्यक पर्ने बताए । प्रक्रिया अघि बढिरहेकै समयमा दलहरुबीच सहमतिको पर्याप्त अवसर पनि बाँकी रहने बीचको कुरा के हुनसक्छ भन्ने विषययलाई ध्यानमा राखेर नियमावली अन्तरिम संविधान र स्थापित नियमका आधारमा समिति गठन गरिएको बताए ।

यसअघि प्रमुख दल नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले प्रश्नावली समिति गठनको प्रस्ताव गर्ने कार्यसूची तय भएको थियो । तर आइतबारको बैठकमा उक्त कार्यसूची परिवर्तन गर्दै सभाध्यक्ष आफैले प्रस्ताव निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव पेश गरेका हुन् ।

यसअघि सोमबार रातिको संविधानसभाको बैठकमा काँग्रेस सचेतक चीनकाजी प्रश्नवाली समितिको प्रस्ताव पेश गर्न रोष्टम जाने क्रममा विपक्षी सभासदहरु तोडफोडमा उत्रदा संविधानसभा हल रणभूमिमा परिणत भएको थियो । त्यसयता एमाओवादी लगायतका विपक्षी सभासदहरुले नाराबाजी गर्दै लगातार संविधानसभाको बैठक अवरोध गर्दै आएका थिए । संविधानसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ ।


  •  
  •  
  •