संविधानका अन्र्तवस्तुमा सहमति जुटाउन छलफल

149
  •  
  •  
  •  

काठमाडौँ, २५ जेठ (ओएनएस) । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रारम्भिक वार्ता उपसमितिले सोमबारदेखि संविधानसभाभित्र रहेका राजनीतिक दलसँग संविधानका सहमति जुट्न नसकेका विषयमा सहमति जुटाउन संविधानसभाभित्र रहेका दलहरुसँग वार्ता गर्ने भएको छ ।

आइतवार बसेको प्रारम्भिक वार्ता उपसमितिको बैठकले सोमबारदेखि पहिलो चरणमा संविधानसभा भित्र रहेका राजनीतिक दलसँग वार्ता गर्ने निर्णय गरेको हो । संसद् सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार संविधानसभाभित्र रहेका राजनीतिक दलका बीचमा देखिएका असहमतिका विषयलाई सहमतिमा पर्याउनका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई विभिन्न चरणमा वर्गीकरण गरेर प्रारम्भिक वार्ता गर्ने कार्यतालिका निर्धारण भएको छ ।

मुख दलका शीर्ष नेताको उपस्थिति रहेको बैठकमा विशेष गरेर संविधानसभा भित्र रहेका दलहरुसँग सविधानका अन्र्तवस्तुका विषयमा सहमति जुटाउन पहल हुनेछ । उपससमितिले सोमवार सबै मधेस केन्द्रित दलसँग वार्ता गर्नेछ । उपसमितिको संयोजकमा आनन्दप्रसाद ढुंगानालाई तोकिएको छ ।
सचिवालयका प्रवक्ता शर्माका अनुसार संविधानसभाको कार्यतालिका प्रभावित नहुने गरी तथा वार्ताको नाममा अलमल नगरी निष्कर्षमा पर्रयाउने गरी माघ ८ गते संविधान दिने ढंगले वार्ता प्रारम्भ गर्न उपसमितिलाई निर्देशन दिइएको छ ।
बैठकमा वार्ता प्रक्रियामा जाँदा संविधान निर्माणको कार्यतालिकालाई मूल रूपमा ध्यान दिनुपर्नेमा जोड दिइएको थियो । विगतमा देखिएका कमजोरी नदोहोर्याउने, विगतमा संविधान बन्न नसकेको कारणमध्येको शासकीय स्वरूप र राज्य पुनःसंरचना जस्ता विषयमा संविधानसभाभित्र र बाहिर रहेका दल एवम् शक्ति तथा संविधानसभालाई आत्मसात् गरेका र नगरेका दलसँग पनि वार्ता प्रक्रियामा गएर सहमतिमा ल्याउने प्रक्रियाका सम्बन्धमा शीर्ष नेताले विभिन्न सुझाव प्रस्तुत गरेका थिए ।

 


  •  
  •  
  •