विपक्षी सभासदले संविधानसभा हलमा तोडफोड गर्दा ३० लाखको क्षति

91
  •  
  •  
  •  

काठमाडौं, ६ माघ (ओएनएस)  : एमाओवादी लागयतका विपक्षी सभासदहरुले सोमबार राति संविधानसभाको बैठकमा कुर्सि, माइक लगायत तोडफोड गर्दा ३० लाख बराबरको क्षति भएको छ । संसद सचिवालयले गरेको प्रारम्भिक अनुसार क्षति ३० लाख अनुमान गरेको हो ।

[box type=”shadow” ]

[/box]

संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रश्नावली निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अघि बढेपछि संविधानसभा हल रणभूमिमा परिणत भएको थियो ।

एमाओवादी सभासदहरु जनार्दन शर्मा, शिवनारायण मण्डल, अमनलाल मोदीलगायत दर्जनौं सभासद्ले सभामुखको रोष्ट्रममा आक्रमण गर्ने क्रममा कुर्सिहरु तोडफोड गरेका थिए । त्यस क्रममा ५० भन्दा बढि कुर्सि र माइक तोडफोड भएका थिए । बिहानसम्म असरल्ल रहेको ती कुर्सि र माइक प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा हटाइएर नयाँ राखिएका छन् ।

यस्तै माइक भाँच्दै नेम्वाङमाथि आक्रमण प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाले सभासद् ऋषि पोखरेलमाथि माइकले आक्रमण गरेका थिए । ओलीको छातीमा माइक प्रहार भयो भने भण्डारीको खुट्टामा चोट लागेको छ ।

बैठक स्थगित भएलगत्तै नाराबाजीमा उत्रिएका एमाओवादी सभासदहरुले आफू बसेको कुर्सी भाँच्न थालेका थिए । उनीहरुले यतिसम्म गरे कि, कुर्सीका माइक भाँच्दै मर्यादा पालकमाथि आक्रमण गर्न थालेपछि स्थिति रक्तपातपूर्ण हुने अवस्थामा पुगेको थियो ।


  •  
  •  
  •