संविधानसभामा फेरि भिडन्त हुने देखिएपछि सुरक्षा व्यवस्था कडा

109
  •  
  •  
  •  

काठमाडौं, ६ माघ (ओएनएस) :  एमाओवादी मोर्चाका विपक्षी सभासदहरुले सोमबार राति बितण्डा मच्चाएपछि मंगलबार संविधानसभा भित्र र बाहिर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

संविधानसभा भित्र मर्यादापालको संख्या ४ सय भन्दा बढि थप गरिएको छ । यस्तै संविधानसभा बाहिर शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा घेरामा राख्दै कडा सुरक्षा दिइरहेका छन् । सुरक्षाकर्मीले सभासदहरुलाई समेत कडा जाँच गरेर संविधानसभा भवनभित्र पस्न दिएका छन् ।

मंगलबार एक बजेको लागि बोलाइएको  छ । यसअघि सोमबार राति अबरुद्ध बनेको प्रश्नावली समिति बनाउनु प्रक्रिया थालिने छ । तर प्रक्रियाको कडा प्रतिरोध गर्ने विपक्षी मोर्चाले निर्देशन दिएपछि आज पनि संविधानसभा तनावग्रस्त हुने संभावना छ ।

एमाओवादी सचेतक गिरिराजमणि पोखरेलले संविधानसभामा भाग लिने तर प्रक्रियामा लगे कडा प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले जबर्जस्ती रुपमा सभाध्यक्ष संविधानसभाभित्र बहुमत र अल्पमत नहुने सर्वमान्य सिद्धान्तलाई लत्याउन खोज्दा अकल्पनीय स्थिति उत्पन्न भएको बताए ।

यसअघि सोमबार मध्यरातमा बसेको संविधानसभाको बैठकमा एमाओवादीका सभासदहरुलाई सभाध्यक्ष, सत्तारुढ सभासदलाई लक्षित गर्दै आक्रमण तथा तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा उनीहरुले बैठक कक्षको कुर्सिको तोडफोड गरेका थिए, माइक भाचेका थिए भने एमाले अध्यक्षमाथि माइत प्रहार गरेका थिए ।


  •  
  •  
  •