मध्यरातमा एमाओवादीद्वारा संविधानसभामा तोडफोड (भिडियोसहित)

129
  •  
  •  
  •  

काठमाडौं ६ माघ । एमाओवादीले संविधानसभाको बैठकमा मध्यरातमा आक्रमण गरेका छन् । एमाओवादी सभासद्हरुले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङमाथि आक्रमण प्रयास गरे भने एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विद्यादेवी भण्डारी, एमाले सभासद् ऋषि पोखरेलमाथि आक्रमण गरेको छ । ओलीको छातीमा माइक प्रहार भयो भने विद्या भण्डारीको खुट्टामा चोट लागेको छ ।

संविधानसभा अध्यक्ष नेम्वाङले प्रस्ताव निर्माण समिति गठन गरियोस् भन्ने प्रस्ताव राख्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई अनुमति दिएलगत्तै एकजना एमाओवादी सभासद् रोष्ट्रमतर्फ अगाडि बढेका थिए । उनलाई मर्यादापालकले रोकेका थिए ।

लगत्तै एमाओवादीका सभासदहरु आक्रमणमा उत्रिए । एमाओवादी सभासदहरु जनार्दन शर्मा, शिवनारायण मण्डल, अमनलाल मोदीलगायत दर्जनौं सभासद्ले सभामुखको रोष्ट्रममा आक्रमण गर्न जबरजस्ती गर्न थाले ।

सभामुखमाथि आक्रमण गर्न जोरजबरस्ती चल्दा एमाओवादी संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालले कुनै हस्तक्षेप गरेनन् । बरु बीचमा गएर नारा लगाइरहेका थिए ।

एमाओवादी सभासद्हरु मर्यादापालकमाथि आक्रमण गर्दै अगाडि बढ्न खोज्दा झन्डै ५–७ मिनेट सभाध्यक्ष मौन बसेका थिए । स्थिति झन् भयानक बन्दै गएपछि सभाध्यक्षले मंगलबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरे ।

बैठक स्थगित भएलगत्तै नाराबाजीमा उत्रिएका एमाओवादी सभासदहरुले आफू बसेको कुर्सी भाँच्न थालेका थिए । उनीहरुले यतिसम्म गरे कि, कुर्सीका माइक भाँच्दै मर्यादा पालकमाथि आक्रमण गर्न थालेपछि स्थिति रक्तपातपूर्ण हुने अवस्थामा पुगेको कान्तिपुलले लेखेको छ ।

सत्तारुढसहितका सभासद्हरु बाहिर निस्क थालेपछि एमाओवादी सभासद्हरुले एकपछि अर्को गर्दै कुर्सी भाँच्न, फुटाउन थाले । त्यसपछि एमाओवादी प्रमुख सचेतक गिरिजामणि पोखरेल, शक्ति बस्नेतसहितका नेताहरुले अराजकतापूर्ण तरिकाले कुर्सी फुटाउने सभासद्लाई फकाउँदै बाहिर निकालेका थिए । भिडियो इजेज च्यानल


  •  
  •  
  •