संविधानसभाको कन्तबिजोक (फोटोफिचर)

331
  •  
  •  
  •  

काठमाडौं, १६ पुस (ओएनएस) : संविधानसभाबाट संविधान बनाउन दलहरुको स्वघोषित एक वर्षे समयावधि सकिन आधामहिना मात्रै बाँकी छ । संविधानसभाका समितिहरुमा सहमती जुट्न नसक्दा असहमतीका बुँदासहित प्रतिवेदन संविधानसभामा पुग्छन्, फर्कन्छन् । यो प्रक्रिया निरन्तर चलि नै रहेको  छ ।

एकातिर दलहरुबीच हठ र एकोहोरो अडान निरन्तर कायम छ भने संविधानसभा भित्र संविधानको विषयबस्तुमाथि सभासदहरुको बहस उराठलाग्दो छ । संविधान सभा बैठकमा हाजिर गर्दै टाप कस्ने र बैठकमै पाइला नराख्ने सभासदहरुबाट जनताले के अपेक्षा राख्ने भन्ने प्रश्न उठ्न थालेको छ ।

सम्वाद समितिले पेश गरेको प्रतिवेदनमा छलफल सुरु भएको तीन हप्ता कटिसकेको छ । सुरुका एक-दुई बैठकमा सभासदको संख्या केही बाक्लो देखिएपनि अहिले सुनसान प्राय छ । हेरौ तस्विरमा संविधानसभा हलको दृश्य :-

CA (1) CA (2) CA (3) CA (4) CA (5) CA (6) CA (7) CA (8) CA


  •  
  •  
  •