संविधानसभाको बैठक आज बस्दै

305
  •  
  •  
  •  

ca-buildingकाठमाडौं २९ मंसिर (ओएनएस) :  संविधानसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले चौथो प्रतिवेदन पेस गरेपछि संविधानसभाको बैठक बस्न लागेको हो । सोमबारको बैठकदेखि दलहरूलाई सभाध्यक्ष सुवास नेम्वाङले छलफलका लागि समय निर्धारण गर्नेछन् ।

कतिजनालाई बोल्न दिने, कति समय निर्धारण गर्ने भन्ने विषयमा सोमबार बिहान साढे १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ । कार्यव्यवस्था परामर्श समितिको सुझावबमोजिम सभाध्यक्षले ११ बजे बस्ने संविधानसभाको बैठकमा समय निर्धाण गर्नेछन् ।

संविधानसभा बैठकमा शीर्ष नेताले पनि भनाइ राख्नेछन् । तर, सभाध्यक्षले तीन मिनेटभन्दा बढी समय दिन नमिल्ने बताएपछि उनीहरू के गर्ने भन्ने अन्योलमा छन् ।


  •  
  •  
  •