संविधान निर्माण प्रक्रिया अन्योलमा

313
  •  
  •  
  •  

biccकाठमाडौं, २६ मंसिर (ओएनएस) : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन संविधानसभामा संविधानसभामा छलफलपछि सहमतिका लागि फेरि समितिमा फर्काउने वा नफर्काउने दुईथरी अडानमा दलहरु भएपछि संविधान निर्माण प्रक्रिया थप अन्योलतर्फ धकेलिएको छ ।

तत्कालिन गतिरोध अन्त्य गर्दै संविधानसभाभित्र प्रवेश गरेको संवाद तथा सहमति समितिको प्रतिवेदनमाथि सोमबार छलफल हुनेछ । तर, छलफल गर्नुअघि त्यसलाई कसरी किनारा लगाउने भन्नेमा दलहरुबीच तीब्र विवाद देखिएको छ । सत्ताको साझेदारीमा रहेको नेकपा एमाले संविधानसभाको पूर्ण बैठकबाटै छिनोफानो गर्नुपर्ने अडानमा छ ।

एमाले नेता प्रदीप ज्ञवाली संविधानसभाबाटै टुङगोमा पुग्नेमा पार्टीको अठान रहेको बताउँछन् । एमालेले पार्टीका तर्फबाट लिएको अडानमा सत्ताको नेतृत्वकर्ता कांग्रेस बिचमा उभिएको छ । एमाले पक्षको पक्षमा सकारात्मक भएपनि एमाओवादीको विपक्षमा कडा पनि देखिएको छैन । तर नियमावलीको विषय देखाउँदै एकीकृत माओवादी सहितका विपक्षी दल फकाएर संवाद समितिमा सहमति जुटाउने अडानमा छन् ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्मा प्रक्रियामा गए नियम विपरित हुने दाबी गर्छन । आबश्यक परे विपक्षीले भनेको यस्तो नियमावली संशोधन गर्नुपर्नेमा सत्तापक्ष देखिएका छन् । प्रतिवेदन फेरि संवाद समितिमा सहमतिमा फर्काउने वा संविधानसभाकै बैठकबाट टुङ्गो लगाउने भन्ने अडानकाबीच सोमबारदेखि सभासदले संविधानसभामा आफ्ना धारणा राख्नेछन् ।

तर, अब ती विषयलाई संविधानसभा कि संवाद समिति, कहां टुंग्याउने भन्ने विवादमा अल्झिएपछि संविधान निर्माण प्रक्रियामा थप अन्योल देखिएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ भने दलहरुलाई सहमतिका लाथि सम्वाद समितिमै फर्काउने योजनामा छन् ।


  •  
  •  
  •