प्रतिवेदन आज संविधानसभामा पेश हुँदै

189
  •  
  •  
  •  

काठमाडौं २४ मंसिर (ओएनएस) :  संवैधानिक, राजनीतिक तथा सम्वाद समितिका सभापति डा. बाबुराम भट्टराईले बुझाएको प्रतिवेदन आज संविधानसभामा पेश हुँदैछ । संविधान लेखनका विवादित विषयमा समितिको प्रतिवेदन शुक्रबार दिउँसो संविधानसभा अध्यक्षलाई बुझाइएको थियो ।
भट्टराईले दलहरुका अवधारणा र अडानलाई ध्यानमा राख्दै समावेशी खालको प्रतिवेदन शुक्रबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई बुझाएका छन्।   हिजो सभासद खड्काले निधनले प्रतिवेदन पेश नभई संविधानसभाको बैठक स्थगन भएको थियो ।
प्रतिवेदनमा विवादको विवरण मात्रै छ। सहमति नभएका विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा कुनै सुभाव वा प्रश्नावली छैन।  । संवाद समितिको प्रतिवेदन पेस भएपछि दुई दिन सभासदहरुलाई अध्ययनका लागि समय दिइनेछ । भोलि र पर्सी वैठक स्थगन गरिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।


  •  
  •  
  •