सार्कको लागि ६ दिन संबिधानसभा स्थगित गरिदै

281
  •  
  •  
  •  

biccकाठमाडौं, २५ कात्तिक (ओएनएस): आगामी मंसिर ६ देखि ११ गते सम्म संबिधानसभा तथा संसदीय समितिका काम कारवाहि स्थगित गर्ने संसद सचिवालयले तयारी गरेको छ ।

संसद सचिवालय स्रोतका अनुसार त्यस अवधिमा १८ औं सार्क सम्मेलन हुने भएकाले संबिधानसभा तथा संसदीय समिति स्थगित गर्न लागिएको हो ।

सरकारका मन्त्रिहरु तथा शीर्ष दलका नेताहरु सार्क सम्मेलनमा ब्यस्त हुने तथा सार्कका मन्त्रिस्तरिय बैठक सिंहदरबारमा हुने भएपछि संबिधानसभा र संसदीय समिति प्रभावित हुने भएका हुन् ।

यसैबीच सरकारले संसदको हिउँदे अधिवेशन माघ ८ पछि मात्र गर्ने तयारी गरेको छ । सरकारले पुरै ध्यान संबिधान निर्माणमा केन्द्रित गर्नको लागि संसद माघ ८ पछि मात्र बोलाउन लागेको हो ।


  •  
  •  
  •